काठमाडौँ, १ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु भएको छ ।
महाधिवेशनमा नयाँ नेतृत्वको उम्मेदवारी र सहभागीको नाम दर्ता सकिएको काठमाडौँ उपत्यका सचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो । अध्यक्ष हालसम्म पंकजसिंह राठौर, कर्णबहादुर शाही र अर्जुनबहादुर अधिकारीको उम्मेदवारी परेको छ ।
महाधिवेशनको उद्घाटन शिक्षामन्त्री चित्रलेखा यादवले आइतबार गर्नुहुनेछ । पैँतीस जिल्लाबाट एक हजार २०० प्रतिनिधि हुनेछन् । महाधिवेशनकै क्रममा आइतबार बिहान प्रभातफेरीको आयोजना गरिएको छ ।
















प्रतिक्रिया