१ कार्तिक २०८३, आइतबार

एमालेलाई रकेटको गतिमा चल्ने नेतृत्व चाहिन्छः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepal
काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी नवौँ महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीप्रति संकेत गर्दै काम नलाग्ने र खेत जोत्न नसक्ने हलोको कुनै काम नभएको बताउनु् भएको छ ।

मदन भण्डारी अध्ययन केन्द्रले शनिवार बनेपामा गरेको एक भेलामा बरिष्ठ नेता नेपालले यस्तो बताउनु भएको हो । उहाँले रकेटको गतिमा चल्ने नेतृत्व एमालेमा आवश्यक भएको भन्दै घुमौरोपारामा त्यो क्षमता आफुसँग भएको तर्क समेत गर्नुभयो ।

उहाँले संसदीय दलका नेतासमेत रहनु भएका ओलीलाई अरुले बोकेको भन्दै त्यस्तो मान्छेले पार्टीको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने नारा लगाउँनेहरुले नै आफुभन्दा बुढोलाई उम्मेद्वार बनाउँन खोजेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।

‘मभन्दा केपी, केपीभन्दा वामदेव बूढो भएकाले नेतृत्व उहाँहरुले नै गर्ने भन्दा कसरी नयाँ पुस्तामा हस्तान्तरण हुन्छ’ उहाँले प्रश्न गर्नुभयो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य सुरेन्द्रप्रसाद पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियो ।