काठमाडौँ, ३१ जेठ । यस पटकको प्रवेशिका परिक्षा (एसएलसी)मा विभिन्न विद्यालयले शतप्रतिशत रिजल्ट ल्याएको अवस्थामा कञ्चनपुरका सात विद्यालयको भने नतिजा शून्य आएको छ । महेन्द्रनगरस्थित भृकुटी उच्च मावि, जानकी कन्या उमावि भगतपुरसँगै असिग्राम मावि सिसैया, गोरखा मावि कुण्डा, शान्ति मावि अशुंवर्मा, विजय मावि विकास बस्ती र रेडियन्ट बोर्डिङ स्कुलले शून्य नतिजा ल्याएका हुन् ।
यस्तै, रोल्पामा पनि यसवर्ष खुला विद्यालयसहित ५ वटाविद्यालयहरुले पनि एक जना पनि विद्यार्थी उर्तिण गराउन सकेनन् । भानुभक्त मावि रेकुङनेटा उवा, जनसेवा मावि सेरम, जनता मावि गाम, शिव मावि द्धारपानी नुवागाउँ र बालकल्याण उच्च मावि लिवाङ खुला विद्याययबाट कुनै पनि विद्यार्थी उत्तीण नभएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।
















प्रतिक्रिया