काठमाडौँ, ३१ जेठ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आगामी असार ८ गते हुने काठमाडौँ क्षेत्र नं २ को निर्वाचनमा प्रयोग हुने विद्युतीय मतदान यन्त्रका बारेमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण सुरु गरेको छ ।
क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ९० मतदान केन्द्र रहेका छन् । निर्वाचनमा ६७ हजार ७४५ मतदाताले विद्युतीय मतदान यन्त्रका माध्यमद्वारा मतदान गर्दैछन् । ती मतदान केन्द्रमा ४४७ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारी परिचालन हुँदैछन् ।
यन्त्रका प्रयोगका बारेमा आयोगका जानकारी गराउन सो प्रशिक्षण दिएको हो ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले प्रशिक्षणको शुभारम्भ गर्दै निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै दल विशेषलाई जिताउने र हराउन कुनै षडयन्त्र नगरेको बताउनुभयो ।
“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गराउनु नै आयोगको एकमात्र मन्त्र थियो र रहन्छ पनि, यसैलाई अर्जुनदृष्टि बनाइ आयोगले आफ्नो दायित्व पूरा ग¥यो, यसमा षडयन्त्रको गन्ध देख्नु आफँैमा दूराग्रह आँखा हो”, उहाँले भन्नुभयो ।
निर्वाचन आयोगका सचिव मधु रेग्मीले निर्वाचनमा देखिएका कमी कमजोरीलाई सच्याउँदै निर्वाचनलाई अझ विश्वसनीय र सर्वस्वीकार्य बनाउन आयोगले प्रविधि (विद्युतीय मतदान यन्त्र) प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
क्षेत्र नं २ का प्रमुख निर्वाचन अधिकृत अच्यूत विष्टले निर्वाचनलाई कहीँ कतैबाट खोट लाग्न नदिन निर्वाचनमा खटिने मतदान अधिकृतको प्रमुख दायित्व हुने हुँदा यसतर्फ चनाखो रही कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
काठमाडाँैका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न सबै सुरक्षाको प्रबन्ध मिलाइसकिएको जानकारी दिँदै मतदानको दिन बाह्यभन्दा आन्तरिक रुपमा समस्या आउने हुँदा यसतर्फ मतदान अधिकृत विशेष सजग हुनुपर्छ भन्नुभयो ।
















प्रतिक्रिया