इलाम, ३१ जेठ । मानिसले जीवनमा कहिले हरेस खानु हुदैन,धैर्य गरे एकदिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बन्नुभएको छ इलाम बरबोटेकी निर्मला सञ्जेल । बरबोटे गाउँ विकास समिति वडा नं ७ की ५३ वर्षीया निर्मलाले यसपटक भने एसएलसी परीक्षा पास गर्नुभएको छ ।
उहाँले खुलातर्फबाट एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गर्नुभएको हो । पहिलोपटक विसं २०३९ सालमा एसएलसी परीक्षा दिएकी निर्मलाले पटक–पटक दिँदा पनि उत्तीर्ण गर्न सक्नुभएको थिएन ।
यसपटक भने भक्तपुरबाट परीक्षा दिनुभएको थियो । उहाँले पहिलोपटक एसएलसी दिएको ३२ वर्षपछि उत्तीर्ण गर्नुभएको हो । सम्भवतः एसएलसी उत्तीर्ण गर्ने उहाँ जिल्लाकै जेठो परीक्षार्थी भएको दाबी शिक्षा कार्यालयको छ ।
पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिन र महिलालाई पढाइप्रति जागरुक बनाउन पनि पाको उमेरमा अध्ययनलाई निरन्तरता दिएको निर्मलाले बताउनु भयो ।
















प्रतिक्रिया