काठमाडौँ, ३१ जेठ । राष्ट्रपति डा रामवरण यादवसँग नेपाल भ्रमणमा रहनुभएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री एवम् नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले शनिबार बिहान शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा उहाँहरुबीच लोकतन्त्र, विकास एवम् दुई देशबीचको आपसी हितका विषयमा छलफल तथा विचार आदानप्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँहरुबीच झन्डै २० मिनेट विचारविमर्श भएको थियो ।
भेटका अवसरमा भएको छलफलबारे नेत्री सुकीले भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन । प्रधानमन्त्री सुशील कोइरालासँग नेत्री सुकीले हिजै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।















प्रतिक्रिया