२८ आश्विन २०८३, बुधबार

किन लज्जास्पद हार्‍यो स्पेनले ? (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

casillas_Spain-Vs-Netharlandsएजेन्सी

ब्राजिल, ३१ जेठ । विश्वकप फुटबलको साविक विजेता स्पेनले पहिलो खेलमै लज्जास्पद हार व्यहोरेपछि तीव्र आलोचना भइरहेको छ।

विश्वकपमा साबिक विजेता टोलीले पहिलो खेलमै कम्तीमा पाँच गोल खाएको यो पहिलो पटक हो। चार वर्षको अन्तरमा दुई पटक युरोकप र एकपटक विश्वकप जितेर स्वर्णीम इतिहास रचेको स्पेनलाई उपाधिको बलियो दाबेदार मानिँदै आएको थियो।

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनले ५१ वर्षपछि पाँच गोल खाएको हो। यस अघि सन १९६३ मा स्पेनले स्कटल्यान्डसँग ६-२ गोलले पराजय बेहोर्नु परेको थियो । सन १९५० मा ब्राजिलमै भएको सस्करणमा स्पेन घरेलु टोलीसँग ६-१ गोलले पराजित भएको थियो।

robben_Spain-VS-Netherlands

सफल प्रशिक्षक भिसेन्ट डेल बोस्क्युको प्रशिक्षणमा स्पेनले सबैभन्दा फराकिलो हार ब्यहोरेको हो। सन २००८ मा बोस्क्युले टोली समालेयता स्पेन सन २०१० मा पोर्चुगलसँग खेलिएको मैत्रिपुर्ण खेलमा ४-० गोलले पराजित भएको थियो।

हुन त नेदरल्यान्ड्सले विश्वकपमा सन १९३८ यता पहिलो खेल कहिल्यै हारेको छैन। स्ट्राइकर रोबिन भान पर्सी तीन वटा विश्वकपमा गोल गर्ने नेदरल्यान्ड्सका पहिलो खेलाडी बनेका छन् ।

पहिलो खेलमै नेदरल्यान्ड्ससँग ५-१ गोलले पराजित भएपछि स्पेनको विश्वकप यात्रा कहाँसम्म पुग्ला भन्ने अड्कलबाजीहरु समेत सुरु भएका छन् । हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=_OVAa8a6_pY