२९ आश्विन २०८३, बिहिबार

खाल्टोको पानीमा डुबेर दुई वर्षे बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ३० जेठ । काल आएपछि घरको आँगन पनि मृत्युका लागि निउ बन्न सक्छ भन्ने उदाहरण दिलसन अन्सारीमा लागु भएको छ । महोत्तरी जिल्लाको सिमरदही गाविस–५ बस्ने नरिस अन्सारीको दुई वर्षीय छोरा दिलसन अन्सारीका घरकै आँगनमा रहेको खाल्टोको पानीमा डुबेर बिहीबार साँझे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार उनको खानेपानी पाइपको पानी जम्नका लागि आँगनमै खनिएको खाल्टोमा भरिएको पानीमा घरमा कोही नभएको बेला खेल्दाखेल्दै पुगेको बालकको सोही खाल्टोमा डुबेर मृत्यु भएको हो । प्रहरी नायब निरीक्षक तेजबहादुर भट्टराईका अनुसार बालकको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।