सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

ब्राजिलको सानदार जितमा नायक बने नेमार (फोटो फिचर र भिडियोसहित)

दैनिक नेपाल २०७१ जेठ ३० गते १०:४६

Neymar1

काठमाडौं, ३० जेठ । विश्वकप फुटवलमा घरेलु टोली ब्राजिलले सानदार विजय सुरुवात गरेको छ ।

Neymar9

बीसौं विश्‍वकप फुटबलको उद्‌घाटन खेलमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले क्रोएसियालाई ३-१ ले हराएको हो । ब्राजिलको साओ पाओलोमा भव्य समारोहबीच भएको उद्‌घाटन खेलमा खेलको सुरुमै घरेलु टोली ब्राजिलका मार्सेलोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए ।

Neymar10

त्यसपछि हौसिएको क्रोएसियाले ब्राजिलमाथि दबाब थुपारेको थिए । खेलको २९औं मिनेटमा ब्राजिलका २२ वर्षीय युवा खेलाडी नेमारले आकर्षक गोल गरे । जसलाई ब्राजिलका लाखौं समर्थकलाई सान्त्वना दिलायो ।

Neymar5

खेलको दोस्रो हाफको ७१औं मिनेटमा घरेलुटोली ब्राजिलले पेनाल्टी पायो। पेनाल्टीको मौका सदुपयोग गर्दै ब्राजिलका स्टाइकर नेमारले अर्को आकर्षक गोल गरे । खेलको ९० औं मिनेटमा ब्राजिलका अर्का खेलाडी ओस्कारले गोल गर्दै ब्राजिललाई ३-१ को अग्रता दिलायो । जसले ब्राजिललाई क्रोयसियामा जित हासिल गर्न सुनिश्चित बनायो ।

Neymar8

ब्राजिलका २० करोड जनता यतिबेला घरेलु टोलीको सफलतामा खुशी मनाइरहेका छन्।

neymar4-afp

ब्राजिलको जितमा युवा खेलाडी स्ट्राइकर तथा विंगर नेमार नायक सावित भए । जसले राष्ट्रिय टोलीमा सानदार प्रदर्शन गर्दै आएका छन्। दुवै खुट्टाले बल प्रहार गर्न सक्नु उनको विशेष क्षमता हो। हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=kfc8hEA_LBk

प्रतिक्रिया
सम्बन्धित