सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

यी हुन् सँधै विवादमा आइरहने चर्चित फुटबलर

दैनिक नेपाल २०७१ जेठ २९ गते १३:५९

Argentina's coach Maradona holds onto the ball during their 2010 World Cup quarter-final soccer match at Green Point stadium in Cape Town

काठमाडौं । विश्वकप फुटबलकै दौरान देखाएका अनेक व्यवहारका कारण खेलाडीहरु पटकपटक विवादमा तानिने गरेका छन् । तर केही खेलाडी यस्ता छन्, जो उत्कृष्ट फुटबलर हुँदाहुँदै पनि आफ्ना जीवनका विवादास्पद प्रसंगहरुका कारण चर्चामा आउने गर्छन्:

डिएगो म्याराडोना

सन् १९८६ मा ह्यान्ड गोल गरेर विवादमा तानिएका विश्वका महान् फुटबलर म्याराडोना त्यतिमै सिमित भएनन्, उनी बारम्बार विवादमा तानिइरहे । सन् १९९४ को विश्वकपमा कोकिन सेवन गरेको पुष्टि भएपछि उनले विश्वकपमा खेलहरु खेल्न पाएनन् । नेपोलीबाट व्यवसायिक फुटबल खेल्दै आएका म्याराडोना डोपिङ परिक्षणमा असफल भएपछि १५ महिनासम्मको लामो प्रतिबन्धमा परे । त्यसबाहेक उनी कहिले आफ्नै छोरालाई स्वीकार्न तयार नभएपछि विवादमा तानिए, त कहिले आफ्नी श्रीमतीसँग गरेको छोडपत्रका कारण विवादमा तानिए । बामपन्थी नेता फिडेल क्याष्ट्रोका अनन्य मित्र म्याराडोना बेलाबेलामा अमेरिकी नितिको विरोध गर्दै विवादमा तानिने गरेका छन् ।
Cantona_Ericएरिक क्यान्टोना (फ्रान्स)

म्यानचेष्टर युनाइटेडका इरिक डेनियल पिरी क्यान्टोना अहिले पनि किङ इरिकको नामले समर्थकहरुमाझ चर्चित छन् । म्यानचेष्टर युनाइटेडको इतिहासमा क्यान्टोनाले सन्काहा खेलाडीका रुपमा इतिहास बनाएका छन्् । सन्काहा क्यान्टोना स–सानो विषयमा पनि झगडा गरिरहन्थे र उनको झोँकमा आफ्नै टोलीका खेलाडीहरुदेखि प्रतिद्धन्द्धी तथा रेफ्री र प्रशिक्षकहरु समेत पर्ने गर्थे । आफ्नो खेल जीवनका दौरान फ्रान्सका यी प्रभावशाली खेलाडीले आफ्नै साथीमाथि प्रहार गर्नेदेखि प्रतिद्वन्द्वीलाई नराम्रोसँग लडाउने र रेफ्रीमाथि बल प्रहार गर्नेमात्रै होइन, समर्थकलाई हिर्काउने काम समेत गरे । सन् १९९५ को इंलिस प्रिमियरसिप म्याचमा क्रिष्टल प्यालेसका समर्थकले उनलाई जिस्काएपछि क्यान्टोनाले ती समर्थकमाथि कम्फु नै प्रहार गरे । रातो कार्ड खाएर मैदानबाट बाहिरिएका क्यान्टोनालाई ती समर्थकले जिस्काएका थिए । त्यसपछि उनी ती समर्थक नजिकै पुगे र समर्थकलाई हातपात गरे । तीस वर्षको उमेरमै फुटबलबाट सन्यास लिएपछि यी खेलाडी अभिनेता बने । उनी अहिले बिच फुटबलका प्रशिक्षक छन् ।

Josheph-anthoni

जोसेफ एन्थोनी (इङल्याण्ड)

इङल्याण्डको लिभरपुल निवासी जोसेफ एन्थोनी अहिले न्यूक्यासल युनाइटेडबाट व्यवसाहिक फुटबल खेलिरहेका छन् । यी खेलाडी आफ्नो सन्काहा व्यवहारकै कारण पटकपटक विवादमा तानिने गरेका छन्् । इंलिस प्रिमियर लिगबाट खेल्दै लामो समयसम्म जेल जीवन बिताउने सम्भवतः उनी एकमात्रै खेलाडी हुनसक्छन् ।

सन् २००८ मा एन्थोनीले ७७ दिनसम्म कैदी जीवन बिताएका थिए । लिभरपुलको म्याकडोनाल्ड रेष्टुरेन्ट नजिकै रक्सी खाएर दुव्र्यवहार गरेपछि उनलाई प्रहरीले सार्वजनिक मुद्दामा पक्राउ गरेको थियो । नजिकै नभएको घटनामा दोषी देखिएपछि उनलाई प्रहरी सार्वजनिक मुद्दामा पक्राउ गरेको थियो । म्यानचेष्टर सिटीमा आबद्ध रहँदा उनले आफ्नै टोलीका खेलाडीहरुमाथि दुईपटकसम्म आक्रमण गरेका थिए । एकपटक उनले आफ्ना समकक्षीको आँखामा बगिरहेको सिँगान फ्याक्नेसम्मको काम गरे ।

garincha

गारिन्चा (ब्राजिल)

गारिन्चालाई ब्राजिलिहरु धेरै श्रद्धा गर्छन् । ब्राजिललाई सन् १९५८ र १९६२ मा लगातार दुईपटकसम्म विश्वकप जिताउन गारिन्चाले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, मैदानभित्र र मैदान बाहिर देखिने उनका व्यवहारहरुले उनलाई सधै विवादमा तान्यो । रक्सीका दुव्र्यसनी गारिन्चाले आफ्नो जिन्दगीमा धेरैपटक अल्कोहलसँग संघर्ष गर्नुपर्‍यो । रक्सी खाएर गाडी कुदाउँदा उनी सन् १९६९ मा ठूलै दुर्घटनामा परे । त्यतिबेला गारिन्चाको ज्यान त बच्यो, तर उनीकी सासूको भने घटनास्थलमै मृत्यु भयो । जिन्दगीभर विवादमा मुछिएका यी फुटबलरको अन्त्यमा अधिक रक्सी सेवनकै कारण मृत्यु भयो । सुरा र सुन्दरीका पारखी गारिन्चाका १५ जना सन्तान थिए । सन् १९८३ मा ब्राजिलका यी महान् फुटबलरले आर्थिक समस्याको सामना गर्दा गर्दै ज्यान गुमाउन पर्‍यो ।
lious-chilavertहोसे लुईस चिलाभर्ट (पराग्वे)

पाराग्वेका पूर्व कप्तान होसे लुईस चिलाभर्ट गोलकिपर थिए । प्रतिद्धन्द्धीले गरेका प्रहारहरु रोक्ने क्षमता उनमा जति थियो, त्यति नै गोल गर्ने क्षमता पनि थियो । आफ्ना व्यवसाहिक खेल जीवनका दौरान यी गोलकिपरले ६८ गोल गरे । अन्तर्राष्ट्रिय खेलमा समेत उनले ८ गोल गरे । उनी विश्वकै सबैभन्दा धेरै गोल गर्ने गोलकिपर हुन् । फ्रिकीक र पेनाल्टी प्रहारमा चिलाभर्ट निकै माहिर थिए । उनी पाराग्वेको फुटबल टोलीका सबैभन्दा चर्चित खेलाडी हुन् । यति हुँदाहुँदै पनि सन्काहा स्वभावका चिलाभर्ट नौलो नौलो काम गरेर विवादमा तानिन्थे । सन् २००२ को विश्वकप फुटलबको छनौट चरणमा ब्राजिली खेलाडी रोर्बटो कार्लोसलाई हिर्काएपछि फिफाले उनीमाथि ३ म्याचको प्रतिबन्ध लगायो । चिलार्भट र कार्लोसबीच खेलका दौरान झगडा भएपछि छनौट खेल निकै विवादित बनेको थियो । चिलार्भटले त्यो खेललाई अहिलेसम्म पनि युद्धको संज्ञा दिदैँ आएका छन् । खेलअघि ब्रजिली समर्थकहरुले अपशब्द बोलेपछि खेलकै दौरान खेलाडीलाई हिर्काएको उनले बताउदै आएका छन् । कोलम्बियाका फरवार्ड फाउष्टिनियोसँग झगडा गरेपछि उनी फेरि विवादमा तानिएका थिए । चिलाभर्टले अहिले फुटबल विश्लेषकका रुपमा आफूलाई स्थापित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित