सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

जर्मनीका बैज्ञानिक स्पेनले विश्वकप जित्नेमा ढुक्क

दैनिक नेपाल २०७१ जेठ २९ गते १२:५७

World-Cup-2014

काठमाडौँ, २९ जेठ । नेपाली समय अनुसार आज राती ठिक पौने २ वजेबाट विश्व फुटबलका सर्वकालिन महान हस्ती पेलेको देश ब्राजिलमा विश्वकप फुटबलको २० औं संस्करण शुरु हुँदैछ ।

विश्वका ३२ राष्ट्रका ७ सय ३६ खेलाडीको उपस्थितिमा हुने सो खेल शुरु हुनु अघि नै आगामी विश्वकपको ट्रफ्री कुन देशले उचाल्ला भन्ने चर्चा विश्वभरी नै चलेको छ । ब्राजिलमा शुरु हुन लागेको विश्वकपमा घरेलु टोली र अर्जेन्टिनाको बढी चर्चा छ । यही चर्चालाई आधार मानेर घरेलु टोलीले विश्वकपको उपाधी जित्ला कि चर्चित खेलाडी म्यारोडोनाको देश अर्जेन्टिनाले जित्छ भन्ने कुराको अड्कलमा विश्व अहिले अलमलिएको छ ।

जापानका रेफ्रिले पहिलो सिठ्ठी फुकेपछि शुरु हुने खेलमा पहिलो प्रतिष्पर्धा नै आयोजक राष्ट्र ब्राजिल र क्रोएशियाबीच हुने छ । तर, ब्राजिलका १२ वटा रंगशालामा ३३ दिनसम्म हुने त्यस खेलको अनुमान भन्दा बाहिर गएर जर्मनीका केही बैज्ञानिकहरुले भने स्पेनले विश्वकपको उपाधि रक्षा गर्ने दावी गरेका छन् । बैज्ञानिकहरुेल फिफा र्‍यांकिङ, विगतको प्रदर्शन र खेल क्षमताका आधारमा यो निष्कर्ष निकालेका हुन् ।

उनीहरुका अनुसार स्पेनले जर्मनीलाई नै हराएर विश्वकपको उपाधि उचाल्नेछ । इंग्ल्याण्ड समूह सीको विजेता बन्दै प्रिक्वाटरफाइनमा पुग्नेछ, जहाँ आइभरीकोष्टलाई हराएर अन्तिम आठमा पुग्नेछ । तर, क्वाटरफाइनलमा इंग्ल्याण्ड स्पेनसँग स्तभ्द हुने जर्मन बैज्ञानिकहरुको पूर्वामानुमान छ ।

सेमिफाइनलमा स्पेनले ब्राजिललाई हराउनेछ भने अर्जेन्टिना जर्मनीसँग पराजित हुने उनीहरुको दावी छ । उद्यापी उनीहरुले सेमिफाइनलमा पुग्ने भनिएका चार टिमको विजेता बन्ने सम्भावनालाई पूर्ण रुपमा नकारेका छैनन् । वैज्ञानिकहरुको अनुमान सही वा गलत के ठहरिन्छ त्यो हेर्न भने एक महिना बढी नै कुर्नु पर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित