२९ आश्विन २०८३, बिहिबार

विद्युतको अभावमा जिल्ला अस्पतालको सेवा प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot-hospital

जाजरकोट, २९ जेठ । जिल्ला अस्पतालमा विद्युत् अभाव हुँदा दैनिक बिरामीहरुलाई दिने सेवा प्रभावित भएको छ ।

साङट–रिसाङ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् बन्द भएपछि जिल्ला अस्पतालको सेवा प्रभावित भएको हो । विद्युत्बाट चल्ने एक्स–रे, भिडियो एक्स–रे र इसिजी सेवासमेत प्रभावित भएको छ ।

चौबिसै घण्टा जेनेरेटर सञ्चालन नहुने भएको र जेनेरेटर खर्चिलो हुने भएका कारण जिल्ला अस्पतालको सेवा प्रभावित भएको चिकित्सक पवन शाक्यले बताउनुभयो । जिल्ला अस्पतालमा एउटा मात्र जनेरेटर भएको कारण लाम्रो समयसम्म सञ्चालन ल्याउन नसकिने उहाँको भनाइ छ ।

जिल्ला अस्पतालमा दैनिक पाँचदेखि १० जना सुत्केरी नै सेवा लिन आउने भएका कारण अस्पतालका सोलारहरु पावरले धेरै ठाउँमा नभ्याउँदा अँध्यारोमा सेवा दिन बाध्य भएको अस्पतालले जनाएको छ ।

जिल्ला सदरमुकाममा विगत तीन हप्तादेखि विद्युत् आउन सकेको छैन । विद्युत्मा ल्याउने पानीको स्रोत खडेरीका कारण घटेको र भएको पानी पनि खेतीपातीमा प्रयोग गरिएका कारण विद्युत् सेवा बन्द भएको आयोजनाले बताएको छ । विद्युत् नहँुदा जिल्लामा रहेका दुईवटा रेडियो, टेलिफोन टावरहरु, सरकारी कार्यालयका दैनिक कामकाजसमेत प्रभावित भएको छ ।