बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

‘सुशील कोइरालालाई भोट दिएकाले पछुतो माने’

दैनिक नेपाल २०७१ जेठ २८ गते १६:१९

paris-Nepali2 parbati-rawal

तीर्थ नेपाल

चितवन, २८ जेठ । चितवन क्षेत्र नम्वर ४ मा नेकपा एमालेकी उम्मेदवार पार्वती रावलले कतिपय मतदाताले अघिल्लो निर्वाचनमा आफूलाई भोट नदिएकोमा पछुतो मानेको बताउनुभएको छ ।

चुनावी प्रचारका क्रममा घरदैलो गर्दा भेटिएका कतिपय मतदाताहरुले अघिल्लो चुनावमा काँग्रेस सभापति सुशील कोइरालालाई भोट हालेर गल्ती गरेको गुनासो गर्ने गरेको उम्मेदवार रावलले बताउनुभयो ।

बुधवार भनपा–१३ मा घरदैलो गर्नुभएकी रावलले यस पटक चुनाव जित्नेमा आफू बिश्वस्त रहेको उल्लेख गर्नुभयो । महिला, जनजाति, दलित, युवा र आम मतदाताले अभूतपूर्व सहानुभुति देखाएको दावी गर्दै उहाँले अरु प्रतिष्पर्धीहरुका सम्बन्धमा जनताको आंशका रहेको जिकिर गर्नुभयो ।

जनतामा भ्रम र आश्वासन छुट्याउन सक्ने चेतना रहेको बताउँदै उम्मेदवार रावलले मतदाताले देखाएको माया र सहानुभुतिले ठूलो हौसला मिलेको धारणा राख्नुभयो । कार्यक्रममा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले संबिधान निर्माण र क्षेत्रको विकासमा पार्टीले अघि सारेको उम्मेदवार तुलानात्मकरुपमा अन्य भन्दा शसक्त रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा एमाओवादीका धनबहादुर परियारसहित ३५ जना एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित