मीना खतिवडा
इलाम, २८ जेठ । इलामको गोदक गाविस वडा नं ५ मा आफ्नै बाबुले छोराको हत्या गरेका छन् ।
इलाम नगरपालिका ६ मा घर भई कामको सिलसिलामा इलामकै किशोर कटुवालको घरमा डेरा गरी बसेका १९ बर्षीय टासी शेर्पाको उनकै कान्छा बाबु ४९ बर्षीय यामबहादुर राईले मंगलबार राति हत्या गरेका हुन ।
कान्छा बाबुले धारिलो हतियार प्रहार गरेपछि टाउकोमा गम्भीर चोट लागेका टासीको उपचारको क्रममा इलाम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई–तीन दिनदेखि छोरो घरमा नआएको र छोरा घरमा आउने बित्तिकै बाबुले हतियार प्रहार गरेको मृतकका परिवार बताउँछन् । छोराको हत्यापछि फरार भएका बाबु यामबहादुरको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया