बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

डिआइजी वढुवा विवाद: अदालतले असार १ गते बोलायो

दैनिक नेपाल २०७१ जेठ २८ गते १६:०५

court-adalat-patan

काठमाडौं, २८ जेठ । एआइजीका लागि वढुवा सिफारिसमा परेका सात डिआइजीको वढुवा निर्णय कार्यान्वयन नगर्न पुनरावेदन अदालत पाटनले दिएको आदेशविरुद्ध सोही अदालतले आगामी १ असारमा सुनुवाई गर्ने भएको छ ।

वढुवा सिफारिसमा नपरेका डिआइजी पर्शुराम खत्रीले वढुवा रोक्न माग गर्दै दिएको रिट निवेदनमा सुनवाई गर्दै अदालतले सबै वढुवा प्रक्रिया रोकेपछि वढुवामा परेका सात जनाले मंगलबारमात्र सो आदेश वदरको माग गर्दै पाटनमै अर्को रिट दायर गरेका थिए ।

अदालतको आदेशलाई वेरितको भन्ने उनीहरुको दावीमाथि बुधबार पाटनका न्यायाधीशद्वय डम्वरबहादुर शाही र शिवराज अधिकारीले अदालतलको गत आइतवारको आदेशको हैसियत के हुने भन्ने तय गर्न १ असारको मिति तय गरिदिएका हुन ।

अदालतले अतिरिक्त महानीरिक्षक (एआइजी) मा सिफारिस गरिएका सात डिआइजीको वढुवा प्रक्रिया कार्यान्वयन नगरी यथास्थितिमा राख्न गृहमन्त्रालय सहित प्रहरीको वढुवा समिति लाई आदेश दिएको पछि रुष्ट सात अधिकारी सो आदेशविरुद्ध अदालत पुगेका थिए ।

अदालतले वढुवा रोक्दै वढुवा गर्ने निकायलाई वढुवाको औचित्य पुष्टि गर्न भनेपछि गृहले वढुवाको कारण र आधार मंगलवार नै अदालतमा वुझाइसकेको छ ।

अदालतले सरकारको दावी र वढुवामा परेकोको निवेदनमाथि सुनवाई पनि आफ्नो अघिल्लो आदेश कायम हुने नहुने वारे निर्णय लिनेछ ।

पुनरावेदन पाटनका रजिष्टार नृपध्वज निरौलाका अनुसार डिआइजीहरु राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेश शेखर बज्रचार्य र केदार साउदले अदालतलको आदेश वदर गर्न माग गर्दै निवेदन दिएका हुन ।

सात महिनादेखि नेपाल प्रहरीमा रिक्त एआइजिपी पदका लागि गत जेठ १३ गते ७ जनाको नाम बढुवाको लागि सिफारिस भएको थियो । डिआइजीहरु राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेश शेखर बज्रचार्य र केदार साउद सिफारिसमा परेका थिए ।

प्रहरी नियमावली २०७१ मा रहेको बढुवा मापदण्ड अनुसार कुल एक सय पूणांकमा कार्य सम्पादन मुल्यांकन बापत ४०, जेष्ठतामा २०, भौगोलिक क्षेत्रमा काम गरेबापत ८, शैक्षिक योग्यता १०, तालिम ७ दशमलब ५, चुनौती वा बिशेष काम गरे बापत ५, बिभुषण पदकमा २ र बढुवा समितीले ७ दशमलब ५ अंक दिने ब्यवस्था थियो । यसमा कार्य सम्पादन मुल्यांकनको ४० अंकलाई समेत ३ तहमा विभाजन गरिएको थियो । त्यसमा सुपरिवेक्षकले बीस, पुनरावलोकनकर्ताले दश, र समितिले दश अंक दिने ब्यवस्था छ । एआइजीमा कार्य सम्पादन मुल्यांकन चार आइजी रमेश चन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना र उपेन्द्रकान्त अर्यालले गरेका थिए । उनीहरुले प्रदान गरेको अंक अनुसार सात डिआइजीहरु एआइजीका लागि सिफारिस भएका हुन ।

 

 

प्रतिक्रिया
सम्बन्धित