शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

लोभलालचबाट धर्म परिवर्तन गराइदैछः थापा

दैनिक नेपाल २०७१ जेठ २८ गते १५:०७

Kamal-Thapaकाठमाडौं, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले लोभलालच देखाएर धर्म परिवर्तन गराउने गरिएको आरोप लगाएका छन् ।

बानेश्वरमा आज बसेको संविधानसभा बैठकमा अध्यक्ष थापाले धर्म परिवर्तन दण्डनीय भए पनि धर्म परिवर्तन गराउन लोभलालच दिने गरिएको बताए । ‘भ्रम र लोभलालचबाट धर्म परिवर्तन गराउने काम भइरहेको,’ उनले भने, ‘यस दण्डनीय व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नु पर्छ ।’

उनले संविधानमा राष्ट्रलाई टुक्रा वा विखण्डन हुनेगरी आत्मनिर्णयको अधिकार दिन नहुने बताए । उनले व्यक्तिगत सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने धारणा राखे ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले छुवाछूतलाई अन्त्य गर्न जात जनाउने प्रथालाई हटाउनुपर्ने बताए । उनले राज्यलाई धर्मनिरपेक्ष बनाए पनि धर्म परिवर्तन गराउने कार्यलाई दण्डनीय बनाउनुपर्ने बताए ।

‘विवाह गरेर आउने ज्वाइँलाई १५ वर्षपछि नागरिकता दिइने गरिन्छ,’ उनले भने, ‘विवाह गरेर आउने बुहारीलाई तुरुन्तै नागरिकता दिने व्यवस्था गर्न हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित