सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

संसद् अवरुद्ध हुँदा जनताको आवाज अवरुद्धः नेम्वाङ

दैनिक नेपाल २०७१ जेठ २८ गते १४:११

Subas Nembangकाठमाडौं, २८ जेठ । सभामुख सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध गर्दा जनताको आवाज अवरुद्ध हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाको आज राजधानीमा उदघाटन गर्दै सभामुख नेम्वाङले संसद् अवरुद्ध गर्दा जनप्रतिनिधिले जनताको माग र विचार राख्न नपाउने भएकाले त्यसतर्फ सबै राजनीतिक दल सजग हुनुपर्ने बताए ।

विगतदेखि नै आफूले सबै राजनीतिक दललाई कुनै पनि बहानामा संसद् अवरोध नगर्न अनुरोध गर्दै आएको उल्लेख गर्दै उनले संसद् अवरुद्ध भए पनि संविधान निर्माणको कार्यमा भने कुनै अवरोध नभएको बताए ।

आफू सदैव उद्योग मैत्री नीति र कानुनको पक्षमा रहेको बताउँदै सभामुख नेम्वाङले त्यस्ता विधेयक संसदमा आउने बित्तिकै पारित गर्नका लागि हरसम्भव प्रयास गर्ने विश्वास दिलाए ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मुलुकको अर्थतन्त्रलाई टेवा पुराउन निजी क्षेत्रले ठूलो योगदान दिएको बताए । उनले निजी क्षेत्रको सहकार्यमा सरकारले जनतालाई आवश्यक सेवा पुराउन अघि बढ्नुपर्ने सुझाव दिए ।

अध्यक्ष पाण्डेले सरकारले चाँडै चेम्बर कानुन ल्याउनुपर्ने माग राख्दै नेपालका उद्योग व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धायोग्य बनाउन थप प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित