१ कार्तिक २०८३, शनिबार

शीर्ष नेताहरुबीच छलफल चलेको छ, छिट्टै सदन सुचारु हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaविराटनगर, २८ जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संसद सुचारु गर्न शीर्ष नेताहरूबीच छलफल चलिरहेकाले चाँडै सुचारु हुने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटमा उनले संसद अवरुद्ध हँुदा संविधान निर्माण र बजेट सार्वजनिक गर्ने कार्यमा असर परेकाले संसद सुचारु गर्न ढिलाइ गर्न नहुने बताए ।

सभापति कोइरालाले चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै सरकारले अपनाएको सदासयतालाई प्रतिपक्षी दलहरुले पनि बुझेर संसद सुचारु गर्न सहयोग गर्न आग्रह गरे ।

सरकारको प्रमुख लक्ष्य मुलुकमा स्थायी शान्ति कायम गरी आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु रहेकाले आफ्नो लक्ष्यबाट सरकार पछि नहट्ने प्रधानमन्त्री कोइरालाले दृढता व्यक्त गरे ।

उनले वर्तमान सरकार भ्रष्टाचार निर्मूल गरी देशमा सुशासन कायम गर्न सदा तत्पर रहेको बताउँदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।