शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

संसद अवरुद्ध कार्य गैरजिम्मेवार विपक्षी दल

दैनिक नेपाल २०७१ जेठ २८ गते १२:३३

Minendra Rijalविराटनगर, २८ जेठ । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रतिपक्षी दलहरूको संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारीपूर्ण भएको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रिजालले संसदबाट समाधान गर्नुपर्ने विषय संसद अवरुद्ध गरेर प्रतिपक्षले गलत कार्य गरेको बताए ।

‘संसदमा आफ्ना कुरा राख्ने तर सरकार र सरकारमा रहेका दलहरूको कुरा सुन्न नमान्दा अवरुद्ध खुलाउन समस्या भएको छ,’ उनले भने ।

मन्त्री रिजालले सहमतिको बाध्यकारी व्यवस्थाले २६ सभासद मनोनीत गर्न नसकिएको बताए । उनले भने, ‘सहमतिको बाध्यकारी व्यवस्थाले २६ जना सभासद मनोनयनमा समस्या भएको छ ।’

उनले दलहरूले आफ्नो गोरुको बाह्र्रै टक्का गर्न छाड्नु पर्ने बताए । ‘दलहरूको आन्तरिक विवादका कारणले पनि सभासद् मनोनयन गर्न सरकारले सकेको छैन,’ रिजालले भने ।

प्रतिक्रिया
सम्बन्धित