३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्री गौतम बाजुराको बाढी प्रभावित क्षेत्रमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam

गंगाराज पण्डित

बाजुरा, २७ जेठ । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम बाजुराको बाढी प्रभावित क्षेत्रमा पुगनुभएको छ ।

उद्योगमन्त्री कर्णबहादुर थापा र सभासद बद्री पाण्डेलाई लिएर उहाँ हेलिकप्टर मार्फत कोल्टी पुग्नुभएको हो । शनिवार राति गएको पहिरोबाट प्रभावित परिवार र घटनाको अवलोकन गर्न उहाँहरु कोल्टी आउनु भएको हो ।

पीडितहरुका लागि राहत समेत लिएर आएको टोलीले कोल्टीको पछिल्लो अवस्था र सरकारका तर्फबाट गर्न सकिने पहल, पहिरोबाट विस्थापितलाई पुनर्वासका लागि गर्नुपर्ने सहयोगका बारेमा जानकारी लिने भएका छन् ।

उहाँहरु आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । अविरल बर्षासँगै आएको विनाशकारी पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । त्यसैगरी दर्जनौ परिवार विस्थापित बनेका छन् । कोल्टीको स्वास्थ्य सेवा ठप्प भएको छ । खानेपानीका पाइप लाईन पहिरोले पुरिएपछि स्थानीयलाई खानेपानीको समेत हाहाकार भएको छ ।