काठमाडौँ, २७ जेठ । शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने माग राखी रिले अनशन बसेको १७४ दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै अनशनकर्मीले गुनासो गरेका छन् ।
शिक्षा ऐन र सहमतिलाई नियमावली बनाई कार्यान्वयन गर्नुपर्ने र सेवा अवधि गणना गरी अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने माग गर्दै गत पुस ३ गतेदेखि रिले अनशनमा बसेका अनशनकर्मीले आज पत्रकारसँग कुरा गर्दै सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको गुनासो गरे ।
सरकारले पटकपटक गरेका सहमतिसमेत कार्यान्वयन नगरेको अनशनकर्मीको भनाइ छ । अनशन अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिको अगुवाइमा सुरु गरिएको हो ।
कुनै पनि बहानामा अस्थायी शिक्षकलाई हटाउन नहुने, विद्यालय शिक्षक कर्मचारी पोसाक भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग व्यावहारिक रुपमा कार्यान्वयन नभएसम्म आफूहरुको अनशन नरोकिने अनशनकर्ता बिन्दाकुमार दास चौधरीले बताउनुभयो ।
सुरुका केही महिनासम्म तीन जनाका दरले अनशन बस्न सुरु गरिए पनि पछिल्लोपटक भने एक जनामात्र बस्न थालिएको छ ।














प्रतिक्रिया