२९ आश्विन २०८३, बिहिबार

माध्यमिक र निम्नमाध्यमिक तहका शिक्षकको सिफारिस सँगै गरिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teacher

काठमाडौँ, २७ जेठ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण माध्यमिक र निम्नमाध्यमिक तहका शिक्षकहरुको सिफारिस सँगै गरिने भएको छ ।

माध्यमिकतहका शिक्षकहरुको नतिजासँगै सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुमा सिफारिसको तयारीमा आयोग लागेको भए पनि यसबीचमा निम्नमाध्यमिक तहको पनि सम्पूर्ण नतिजा आएका कारण दुवै तहका शिक्षकको सिफारिस गर्ने गरी तयारी गरिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको परीक्षामा उत्तीर्ण माध्यमिक तहका दुई हजार २८६ शिक्षक र लगभग दुई हजार ७५० को सङ्ख्यामा रहेका निम्नमाध्यमिक तहका शिक्षकहरुलाई केही दिनभित्रमा एकसाथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरु सिफारिस गरिनेछ ।

निम्नमाध्यमिक तहका शिक्षकहरुको जिल्ला शिक्षा कार्यालयमा सिफारिसको तयारीमा आयोग लागेका कारण प्राथमिक तहको नतिजा प्रकाशनमा केही दिन ढिलाइ हुने भएको जानकारी गराउँदै उहाँले असार पहिलो साताबाट मात्र प्राथमिकतहको नतिजा प्रकाशन हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

सात हजार ८०० को सङ्ख्यामा आवश्यक प्राथमिकतहका शिक्षकहरुका लागि आयोगले प्रतियोगीहरुको अन्तर्वार्ता लिइसकेको छ ।