३० आश्विन २०८३, शुक्रबार

३२ वर्षे हवल्दारले १५ वर्षेसँग सम्बन्ध राखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape

नेपाल प्रहरीका एक हवल्दार १६ वर्ष नपुगेकी प्रेमीकासँग यौनसम्बन्ध राखेको कारण हिरासतमा परेका छन्। युएन मिसन सुडान जान लागेका ३२ वर्षे हवल्दार टीकाराम श्रेष्ठ काभ्रेकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ।

उनले मिसन जाने मौका मात्र गुमाएनन्, फौजदारी अभियोगमा पक्राउ परेकाले १४ वर्षदेखिको जागिर पनि गएको छ। जबरजस्ती करणीमा अदालतले फैसला गरे उनले जेलसमेत जानुपर्नेछ। कानुनअनुसार १६ वर्ष नपुगेकी किशोरीसँग राजीखुसीमा यौनसम्पर्क राखे पनि जबर्जस्ती करणी मानिन्छ। उक्त दिन किशोरी १५ वर्ष १७ दिन मात्र पुगेकी थिइन्।

मुलुकी ऐन जबरजस्ती करणीको महलअनुसार ६ देखि १० वर्षसम्म कैद सजाय हुन्छ। प्रहरी मुख्यालय स्रोतका अनुसार श्रेष्ठको तीन महिनाअघि ती किशोरीसँग चिनजान भएको थियो। काभ्रेबाट काठमाडौं आएकी किशोरी आफन्तको घर जाने बाटो थाहा नपाएर रत्नपार्कमा अलमलिएको बेला मद्दत मागेकी थिइन्। श्रेष्ठले उनलाई रातोपुलस्थित मामाको घरमा छाडिदिएका थिए। त्यहीबेला उनीहरुबीच फोन नम्बर आदानप्रदान भएको थियो।

‘त्यसपछि नियमित फोन सम्पर्क भएको देखिन्छ, एक प्रहरी अधिकृतले भने,’ श्रेष्ठ किशोरीलाई भेट्न पटक-पटक काभ्रे जान्थे।’ श्रेष्ठ युएन मिसनमा सुडान जान लागेका थिए। मुख्यालयमा दरबन्दी भएका श्रेष्ठ मिसन जाने पक्का भएपछि केही साताअघि किशोरीलाई भेटेका थिए। उनी जेठ २२ गते युएन जाने तयारीमा थिए तर, युएनको जहाज ढिलो आउने भएपछि किशोरीलाई भेट्ने योजना बनाए।

‘किशोरी काभ्रेबाट काठमाडौं आएपछि श्रेष्ठको साथीको घरमा दुवै रातभर बसेको पाइयो,’ प्रहरीको भनाइ छ,’ भोलिपल्ट श्रेष्ठले ती किशोरीलाई काभ्रेस्थित उनकै घरमा लगेर छोडेर आए।’

श्रेष्ठ फर्किएपछि किशोरीकी आमाले राती कहाँ गएकी भनेर सोधपुछ गरिन्। किशोरीले सबै कुरा बताइन्। उनले हवल्दार श्रेष्ठसँग प्रेम सम्बन्ध भएको र ऊ मिसनमा जान लागेकाले भेट्न गएको बताएपछि किशोरीकी आमाले युनिसेफमा काम गर्ने भाइलाई यसबारे जानकारी गराइन्। आफ्नी भान्जीलाई प्रहरीले ललाइफकाई यौनसम्पर्क राखेको भन्दै किशोरीका मामाले प्रहरी मुख्यालयमा उजुरी दिए। पक्राउ पछि श्रेष्ठले बिहे गर्ने मनसायले प्रेमसम्बन्ध राखेको बयान दिएको खबर आजको कान्तिपुरमा प्रतिमा बाँस्कोटाले लेखेकी छन्।