सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

कृष्ण र कृष्णेश्वरीले जिते एसियाड म्याराथन छनोट

दैनिक नेपाल २०७१ जेठ २५ गते ६:२३

Krishneshowari-Sintakalaकाठमाडौं, २५ जेठ । नेपाल आर्मीका कृष्ण बस्नेत १७ औं एसियाली खेलकुदका लागि सञ्चालित एथलेटिक्स खेलाडी छनोट प्रतियोगिताको पुरुष म्याराथनमा विजयी भएका छन् ।

निर्धारित दूरी तय गर्न कृष्णले २ घण्टा २६ मिनेट ५१ सेकेन्ड समय खर्चे । नेपाल प्रहरी क्लबका भूमिराज राई (२ घण्टा ३४ मिनेट ५० सेकेन्ड) दोस्रो तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबका विकास देशार (२ घण्टा ४५ मिनेट ०५ सेकेन्ड) तेस्रो भए ।

सोही स्पर्धाको महिलातर्फ एपिएफकी कृष्णेश्वरी सिन्तकला पहिलो भइन् । कुनै प्रतिद्वन्द्वी नपाएकी कृष्णेश्वरीले ३ घण्टा ३२ मिनेट ४४ सेकेन्ड समय लगाइन् ।

नेपाल एथलेटिक्स संघद्वारा आयोजित छनोटको पुरुष २ सय मिटर दौडमा प्रहरीका ओलम्पियन तिलकराम थारु शीर्ष स्थानमा रहे । उनले २१.६ सेकेन्ड समयमा दौड सिध्याए । ललिपतुरका आशिष चौधरी (२२.३ सेकेन्ड) दोस्रो तथा आर्मीका मीनबहादुर चौधरी (२२.५ सेकेन्ड) तेस्रो भए । उक्त स्पर्धाको महिलामा प्रहरीकी मनमति विष्ट पहिलो भइन् । मनमतिले दौड पूरा गर्न २६.४ सेकेन्ड समय खर्चिन् । आर्मीकी दुर्गा देवकोटा (२७.२ सेकेन्ड) दोस्रो तथा एपिएफकी सविता चौधरी (२७.४ सेकेन्ड) तेस्रो स्थानमा रहे ।

महिला ज्याभ्लिन थ्रोमा एपिएफकी सीमाकुमारी थारु (३७.१५ मिटर) पहिलो र आर्मीकी सीता शाही (३२.८२ मिटर) दोस्रो भए । महिला ट्रिपलजम्पमा प्रहरीकी केशरी चौधरी (११.८१ मिटर) पहिलो र एपीएफकी शिला चौधरी (१०.६१ मिटर) दोस्रो भए ।

पुरुष १० हजार मिटर दौडमा आर्मीका राजन खत्री पहिलो भए । उनले ३२ मिनेट ४२.२ सेकेन्ड समय लगाए । एपीएफका किरणकुमार मल्ल (३२ मिनेट ४३.६ सेकेन्ड) दोस्रो तथा आर्मीका विनोद सिजापति (३३ मिनेट २०.६ सेकेन्ड) तेस्रो भए । त्यसै स्पर्धाको महिलामा आर्मीकी सरिता वासी ४२ मिनेट २१.७ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । एपिएफकी पुष्पा भण्डारी (४५ मिनेट ०३.९ सेकेन्ड) दोस्रो तथा मीरा राई (४५ मिनेट ४७.६ सेकेन्ड) तेस्रो भए ।

पुरुष ८ सय मिटर दौडमा आर्मीका मुक्ति खड्का पहिलो भए । उनले १ मिनेट ५६.९ सेकेन्डमा दौड पूरा गरे । आर्मीकै सोमबहादुर कुमाल (१ मिनेट ५७.७ सेकेन्ड) दोस्रो तथा आर्मीकै मोतीलाल चौधरी (१ मिनेट ५८ सेकेन्ड) तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्ट (२ मिनेट ३१.३ सेकेन्ड) पहिलो, एपिएफकी फुलमति राना (२ मिनेट ३६.८ सेकेन्ड) दोस्रो तथा काठमाडौंकी अमिशा श्रेष्ठ (२ मिनेट ४०.४ सेकेन्ड) तेस्रो भए ।

प्रतिक्रिया
सम्बन्धित