सुन्दरीजल (काठमाडौ), २४ जेठ । पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले गुण्डालाई संरक्षण गर्नेलाई अध्यक्ष बनाउन नहुने बताउनुभएको छ ।
नेकपा एमाले जोरपाटी गाउँ कमिटीले नवौँ महाधिवेशनको सन्दर्भमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता पाण्डेले गुण्डालाई प्रश्रय दिएपछि देशको अर्थतन्त्र नै समाप्त हुने भएकाले एमालेले गुण्डाको संरक्षण गर्न नहुने धारणा राख्नुभयो । गुण्डालाई टीका लगाएर पार्टी प्रवेश गराउने नेतृत्वभन्दा निस्कलंक नेतृत्वलाई पार्टीको नवौँ महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन गर्नुपर्छ । संसदीय दलका नेता केपी ओलीलाई संकेत गदै पाण्डेले भन्नुभयो । नेता पाण्डे वरिष्ठ नेता माधव नेपालको प्यानलबाट महासचिव लड्ने तयारीमा हुनुहुन्छ ।
“पार्टीका लागि सबै कालमा जबजमात्र पर्याप्त नहुने भएकाले यसलाई परिमार्जन गरेर अगाडि बढ्नुपर्छ”, नेता पाण्डेले भन्नुभयो ।
उहाँले अबको मुलुकको राजनीति लडाइँमा काँग्रेस नै मुख्य प्रतिद्वन्द्वी भएको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवम् सभासद् रामेश्वर फुयाँलले नवौँ महाधिवेशनबाट सर्वसम्मत रुपमा पार्टीको नेतृत्व सामूहिक हुनुपर्छ भन्नुभयो ।
















प्रतिक्रिया