३० आश्विन २०८३, शुक्रबार

नेपालको प्रस्ताव – ‘ओलीको विचार फेल भइसक्यो, नयाँ पुस्तालाई नेतृत्व दिऔ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-Sunsari

इनरुवा, २४ जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पुराना नेताहरुलाई आराम गर्न दिएर नयाँ पुस्तालाई नेतृत्व दिनु पर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

नेकपा एमाले सुनसरीले शनिवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो– ‘सबैलाई मान्य हुन्छ भने नयाँ पुस्तालाई पार्टीको नेतृत्व दिऔ, हामि पुराना नेताहरुलाई आराम गर्न पठाए हुन्छ ।’

नेपालले केपी ओली पक्षले उठाएको नेतृत्व हस्तान्तरणको नाराप्रति ब्यङग्य गर्दै उपाध्यक्ष, महासचिव, सचिव र बर्गिय संगठनको नेतृत्व उही राख्ने अनि अध्यक्ष मात्रै परिवर्तन गरौँ भन्ने नारा उपयुक्त नभएको तर्क गर्नुयभो ।

मदन भण्डारीको नाम भजाउने, नातागोता देखाएर उत्तराधिकारीको ब्याज नखान चेतावनी दिदै यस्तो कुरा गर्नेहरुले टपर्टुईया, धम्क्याउने, बाहुवलको प्रयोग गर्ने, ठेक्का कब्जा गर्ने गुण्डाहरुको पार्टी एमाले बनाउन खोजेको दाबी गर्नुभयो ।

उहाँले जनताको बहुदलीय जनवादलाई नाम उल्लेख नगरी केही नेताहरुले परिवर्तन हुनै नसक्ने धर्मशास्त्र जस्तो बनाएको भन्दै जवजलाई अहिलेको बदलिदो समाजको आकांक्षालाई सम्बोधन गर्न सक्ने सिद्धान्त बनाउन आफू लागेको बताउनुभयो ।

नेपालले भन्नुभयो– ‘त्यो बेलाको समाजको भावनालाई सम्बोधन गर्न सक्ने सिद्धान्त मदन भण्डारीले ल्याउनु भएको हो । तर अहिले समाज परिवर्तन भईसक्यो । परिवर्तनलाई संबोधन गर्न सक्ने गरि यसलाई परिमार्जन गर्नु पर्ने आवश्यकता छ । अब जवजमा २२ बर्षको अनुभव समेट्नु पर्छ । धर्म निरपेक्ष, संघीयता, समावेशीकरण जस्ता पक्ष पनि समेट्नु पर्छ ।’

उनले ओली पक्षलाई संकेत गर्दै थोत्रो विचार बोक्नेले नेतृत्व गर्न नसक्ने तर्क गर्दै बामदेब गौतमले स्वार्थपूर्ण रुपमा विचार थोत्रो भए पनि ब्यक्ति नयाँ भनेको कुरा अवसरबादी चरित्र भएको ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो–’ओलीको विचार फेल भइसक्यो । बैशाखमै ओली पक्षले विचारको दस्तावेज बाँडेको थियो । अहिले कहाँ छ खोज्नुस, उनीहरुले असफल विचार भएको सो दस्तावेज सबैसँग लिएर लुकाइसके ।’

नेपालले आगामी महाधिवेशन राजनीति भन्दा पनि जनताको जीवन र आर्थिक विकासको सिद्धान्तमा केन्द्रीत हुनु पर्नेमा जोड दिदै एमालेलाई सबै बामदलहरुको एउटै केन्द्रको रुपमा स्थापित गर्ने गरि अघि बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा केपी ओली पक्षधर कोही पनि जिल्ला र अञ्चलका नेताहरुको उपस्थिति थिएन । सुनसरी एमालेमा संस्थापन पक्षको लगभग दुई तिहाई बहुमतको अवस्था रहेको बताइएको छ । भेलामा जिल्लामा ओली पक्षको नेतृत्व गर्ने खेमराज पोख्रेल, सर्वध्यवज साँवा र मुरारी सुवेदी लगायतका नेता र कार्यकर्ताहरु अनुपस्थित रहेका थिए ।