३० आश्विन २०८३, शुक्रबार

मेरो उम्मेदवारी विधान विपरीत छैन: नेपाल­

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

विराटनगर, २३ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी अधिवेशनमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी पार्टीको विधानविपरीत नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले पार्टीको विधानको पूर्ण जानकारी नभएकाहरुले आफ्नो उम्मेदवारीमाथि विभिन्न आरोप लगाउने गरेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले पार्टीप्रति उत्तरदायी र जिम्मेवार व्यक्ति अगाडि आए नेतृत्व चयनका लागि सहमतिको बाटो अहिले पनि खुल्ला रहेको उल्लेख गर्नुभयो ।

नेता नेपालले एकीकृत माओवादीवाट संसद् अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारीपूर्ण भएको बताउनुभयो ।

उहाँले एमाओवादीको संसद् अवरुद्ध गर्ने कार्यले संविधान निर्माणमा असर परेकाले एमाओवादी नेतालाई संविधान निर्माणप्रति गम्भीर हुन आग्रह गर्नुभयो ।