३० आश्विन २०८३, शुक्रबार

एमालेमा अहिले टपर्टुय्याँको पंक्ति बलियो : नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal

काठमाडौँ, २१ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा विचारभन्दा पनि गुटगत राजनीति हावी हुँदै गएको सन्दर्भमा आफ्नो उम्मेदवारी आएको बताउनुभएको छ ।

नारायणी प्रेस क्लबको बुधबार अनामनगरमा उद्घाटन गर्दै नेता नेपालले एमालेमा अहिले टपर्टुय्याँको पंक्ति बलियो बन्दै गएको बताउनुभयो । यस्तो प्रवृत्तिले पार्टीमा अराजकता निम्ताउने र विचार, बहस र सिद्धान्तभन्दा बाहिर गई पार्टीलाई बदनाम गर्ने उहाँको भनाइ थियो ।

उहाँले सरकारले सोचेजस्तो कार्य गर्न नसकेको बताउँदै एमाले मन्त्रीहरुलाई राम्रो कार्य गरी मुलुकमा सुशासन तथा स्थायित्व कायम गर्न भूमिका खेल्न आग्रह गर्नुभयो ।

पत्रकार रामहरि सिलवालको संयोजकत्वमा १० सदस्यीय क्लब बुधबारै गठन गरिएको हो । क्लबका सदस्यहरुमा गोविन्द चौलागाईं, द्वारिका उप्रेती, रामकुमार एलन, शान्ताराम विडारी, प्रमिला भट्टराई, रचना ढकाल, प्रकाश ढुंगाना, भउचप्रसाद यादव र हेमराज सिलवाल हुनुहुन्छ ।

नवगठित क्लबका संयोजक सिलवालले पत्रकारिताको क्षेत्रमा क्रियाशील सञ्चारकर्मीको दक्षता अभिवृद्धि गरी खोज तथा अनुसन्धानमूलक पत्रकारिताको विकास गर्न सो क्लब गठन गरिएको बताउनुभयो ।