३० आश्विन २०८३, शुक्रबार

प्यूठानमा स्वर्गद्वारीबाट फर्कंदै गरेको बस दुर्घटना, ११ जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pyuthan_districtप्यूठानमा बस दुर्घटनामा  ११ जना तीर्थयात्रीको मृत्यु भएको छ ।

स्वर्गद्वारीबाट तीर्थयात्रु बोकेर कपिलवस्तुको कृष्णनगरतर्फ फर्कँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ३८०३ नं को बस गोठिभाङ गाविसमा दुर्घटनामा परेको हो । दुर्घटनामा  ३५ जना घाइते छन् ।

बसमा अधिकांश भारतीय नागरिक थिए ।

सडकबाट करिब एक सय मिटर तल खसेको प्यूठान प्रहरी प्रमुख दिपक रेग्मीले जानकारी दिएका छन् । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेर उद्दार गरिरहेका छन् । दुर्घटनापछि अझै बसमा एकजना च्यापिएको अवस्थामा रहेकाले मृतकहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।