वीरगन्ज (पर्सा), १९ जेठ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट आउने जङ्गली जनावरले खेतबारीमा लगाइएको मकैबाली खाएर दुःख दिन थालेपछि ठोरीका किसान मर्कामा परेका छन् ।
गोड्ने बेला भएको मकैको बिरुवाको गुभो र घोगा लाग्ने बेला भएका मकै बथानमै आउने गरेका तथा बँदेलले खाएर सखाप पार्न थालेपछि स्थानीय कृषक मारमा परेका हुन् ।
साँझ पर्ने बित्तिकै दर्जनभन्दा बढीको सङ्ख्यामा चित्तलको बथानले मकैबालीमा पसेर दैनिक रुपमा क्षति पुर्याउँदै आएको स्थानीय कृषक रामप्रसाद ढुङ्गानाले बताउनुभयो ।
लामो समयको खडेरीले राष्ट्रिय जङ्गलमा जङ्गली जनावरका लागि पर्याप्त आहारा नभएकाले साँझ पर्ने बित्तिकै मकैबालीमा जङ्गली जनावरले खाएर नष्ट पार्ने गरेको उहाँले बताउनुभयो ।
ठोरी गाविसलाई चारैतिरबाट जङ्गलले घेरेकाले त्यहाँका कृषक प्रत्येक वर्ष जङ्गली जनावरका कारण पीडितहुदै आएका छन् ।













प्रतिक्रिया