२९ आश्विन २०८३, बिहिबार

प्रहरीद्वारा बन्दुकसहित भालुको खुट्टा र छाला बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3333-1024x682गाईघाट (उदयपुर), १९ जेठ । जिल्लाको कटारी नगरपालिका– ३ खसीबासको एक स्थानीयको घरबाट इलाका प्रहरी कार्यालय कटारीले एक थान अवैध भरुवा बन्दुक र तथा खुट्टाहरू बरामद गरेको छ ।

जेठ १७ गते राति ११ बजे इलाका प्रहरी कार्यालयबाट गस्तीमा गएको टोलीले खसीबासस्थित देवबहादुर कटुवालको घरमा छापा मार्दा एक थान अवैध भरुवा बन्दुक, दुई वटा ठूलो भालुको खुट्टा, छाला र सानो भालुको चार वटा खुट्टा, भालुका खुट्टाका ५८ वटा नङ्ग्रासमेत बरामद गरेको हो ।

यस्तै बन्दुकमा प्रयोग गरिने झन्डै एक किलो विस्फोटक पदार्थ बारुदसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक श्याम खड्काले बताउनुभयो ।

देवबहादुर कटुवालको घरमा बरामद गरिएका ती सामान देवबहादुरकै दाजु काजीमान कटुवालको भएको प्रहरीको दाबी छ । काजीमान भने फरार रहेकाले अहिले उनको खोजी भइरहेको छ । उक्त स्थानमा भालुको अवैध सिकार हुने गरेको सुराकी थाहा पाएपछि प्रहरीले राति कटुवालको घरमा छापा मारेको हो ।

बरामद गरिएको ती सामान इलाका वन कार्यालयको जिम्मा लगाएको छ भने बन्दुक र बारुद भने प्रहरीले नियन्त्रणमा लिएको इप्रकाले बताएको छ ।