२९ आश्विन २०८३, बिहिबार

मापसे गर्ने प्रहरीलाई हतकडी…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadiनरेन्द्र भट्ट

वैतडी, १८ जेठ । अरु प्रहरीले मुस्कान सहितको सेवा दिइरहेको बेला मात्तिनको लागि सँधै भट्टी छिर्न पल्किएका एक प्रहरी हवल्दार मादक पदार्थ सेवन गरेकै अवस्थामा भेटिएपछि कारबाहीमा परेका छन् ।

जिल्ला सदरमुकाम बैतडीको मुख्य बजार गोठालापानीको थालीगाढा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार मोहन बिष्ट आफ्नो ड्यूटी छोडेर भट्टी पसलमा मदिरा सेवन गरी मात्तिएको अवस्थामा भेटिएपछि कारबाहीमा परेका हुन् ।

प्रहरी अनुशासन उल्लंघनको आरोपमा पक्राउ परेका बिष्टलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर भरत शाहले बताउनुभयो ।

सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी जयबहादुर चन्दले केही दिन अघि बैतडी पुगेर प्रहरीले आफ्नो ड्यूटी बिर्सेर मापसे गरेको भेटिए कारबाही गरिने बताएका थिए ।