२९ आश्विन २०८३, बिहिबार

विरोधका कार्यक्रम बन्द गरी छानबिनमा सहयोग गर्न पर्यटनमन्त्रीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीacharya_20140303071853ले नेपाल पर्यटन बोर्डमा भएका विरोधका गतिविधि तत्काल बन्द गरी छानबिनका काममा सहयोग गर्न आन्दोलनरत संयुक्त पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

मन्त्री आचार्यले आइतवार विज्ञप्ति जारी गर  बोर्ड र अन्य स्थानमा भए गरेको आर्थिक र अन्य गतिविधिको छानबिन गर्दा दोषी देखिएका जो कोहीलाई निलम्बनलगायत अन्य कानुनी कारबाही गर्न मन्त्रालय दृढ रहेको बताउनुभयो ।

बोर्ड तथा अन्य सङ्घसंस्थाको संरचनागत सुधारका निम्ति विगतमा गठित कार्यदलले दिएका र हाल प्राप्त सुझावलाई समेत ध्यान दिँदै सबै पक्षको संलग्नतामा कार्यदल गठन गरी शीघ्र काम अगाडि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।