२९ आश्विन २०८३, बिहिबार

घाईते पत्रकारहरूलाई उपचार खर्च प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_8171 रसुवा १८ गते । एनेकपा माओवादी कार्यकर्ताको कुटपीट गरी घाईते भएको पत्रकारहरूलाई ईन्सेकबाट प्रदान गरिएको उपचार खर्च हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष सोमबहादुर तामाङ र सह सचिव  मालफुर्पा तामाङलाई एनेकपा माओवादी कार्यकर्ताहरूले बैशाख १५ गते कुटपिट गरी घाईते पारेका थिए ।

मानवअधिकार रक्षकलाई उपचार खर्च सहयोग कार्यक्रम अन्तर्गत घाईते पत्रकारद्वयलाई ईन्सेकका रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले नेपाल पत्रकार महासंघ रसुवाका सचिव ठाकुर अधिकारीको समेत रोहवरमा  पाँच ÷पाँचहजार रुपैयाँ उपचार खर्च प्रदान गरेका हुन् ।

दुवै पत्रकारलाई एनेकपा माओवादी रसुवाको चौथो जिल्ला सम्मेलनस्थल समाचार संकलन गर्ने क्रममा आक्रमण गरी लात तथा मुक्का हानेका थिए ।

घाईते पत्रकारहरूको उपचार काठमाण्डौको बल्खु स्थित शिबज्योति अस्पतालमा भएको थियो । पत्रकारद्धय अहिले उपचार पछि घर फर्केका छन् । उपचार खर्च २ लाख भएपनि आफुहरूले कतैबाट सहयोग नपाएको गुनासो घाईते पत्रकारले गरेका छन ।