तनहुँ, १८ जेठ । तनहुँमा शनिबार भएको छुट्टाछुट्टै दुर्घटनमा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।
जिल्लाको देवघाट–४ बस्ने ३५ वर्षीय सन्तबहादुर बोटेको आफँैले काटेको रूखले किचेर ज्यान गएको छ ।
शुक्रबार रूखले किचेर सख्त घाइते बनेका बोटेको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
त्यसैगरी सेतीनदीमा नुहाउन गएका जुम्ला जिल्ला विराट–८ घर भई हाल दमौलीस्थित शान्तिनगर बस्दै आएका गलैँचा व्यापारी २२ वर्षीय शैलेन्द्र खत्री नदीले बगाएर बेपत्ता भएका छन् ।
उनीसँगै नदीमा नुहाउने क्रममा बगेका उनका साथी मुगु गम्घा घर भएका सोही स्थानमा बस्ने हेमन्त शर्मालाई स्थानीयवासीको सहयोगमा सकुशलै उद्धार गरिएको छ ।
उनको अहिले पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।













प्रतिक्रिया