२९ आश्विन २०८३, बिहिबार

ज्ञाने खोलामा शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolpa_district1डोल्पा,१८ जेठ । डोल्पाको माझफाल गाविस–९ स्थित रुपपानी सामुदायिक वनको ज्ञाने खोलामा सिन्धुपाल्चोक जिल्लाका हर्क तामाङको शव फेला परेको छ ।

उनको शवलाई स्थानीयको सहयोगमा प्रहरी चौकी माझफालले शनिबार फेला पारेको हो । उनको साथबाट एक थान क्यामरा र आठ हजार १०० रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

उनी यार्सागुम्बा  सङ्कलनका लागि गएको प्रहरीले जनाएको छ ।  तामाङको शव गलिसकेको हुनाले १० दिन अगाडि नै मृत्यु भइसकेको प्रहरीले आशङ्का गरेको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा लगिएको छ ।