१ कार्तिक २०८३, शनिबार

धौलागिरी पदयात्रामा गएका तीन युवा १० दिनदेखि बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdi_district-Map

बाबियाचौर (म्याग्दी), १८ जेठ । म्याग्दीको राउन्ड धौलागिरिमा पदयात्रा गर्न गएका तीनजना युवा १० दिनदेखि सम्र्पकविहीन बनेका छन् ।

म्याग्दीको मुदी गाविसमा पर्ने राउन्ड धौलागिरि पदमार्गमा गएका काठमाडौँका विष्णु पन्त, सक्षम थापा र विवेक थापा सम्र्पकविहीन बनेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रकुमार अधिकारीका अनुसार जेठ ६ गते काठमाडाँैबाट हिँडेका उनीहरू जेठ ७ गते दरवाङ हुँदै पदमार्गमा गएका थिए । त्यसपछि सम्पर्क नभएको परिवारबाट जानकारी आएपछि शुक्रबारदेखि उनीहरूको खोजी कार्यमा प्रहरी परिचालन गरिएको छ ।

खोजी कार्यका लागि दरवाङबाट खटिएको प्रहरी टोली आइतबारसम्म इटालीबेस क्याम्प पुग्ने भएको छ । यसैगरी पाखापानी प्रहरी चौकीबाट पनि अर्को टोली परिचालन गरिएको छ भने जिल्लाबाट थप एक टोली आइतबार खोजीका लागि पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

परिवारले शनिबार राउन्ड धौलागिरि पदमार्गमा पर्ने मुस्ताङ खण्डमा हेलिकोप्टरमार्फत खोजी गरे पनि कुनै जानकारी प्राप्त भएको छैन ।