२८ आश्विन २०८३, बुधबार

बन्दीमा नेपाली क्रिकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-bat-and-ball1

प्रतिभा तिखार्न क्रिकेट सिक्न आएका युवा खेलाडीहरू पनि क्यानको विवादको शिकार बनेका छन्। कीर्तिपुरको क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले ताला बन्द गरिदिँदा नियमित रूपमा क्रिकेट सिक्दै आएका ३ सय खेलाडीहरू प्रशिक्षण लिनबाट वञ्चित भएका हुन्।

हरेक हप्ता जस्तै शनिबार पनि नेसनल क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षण गरिरहेका खेलाडीहरू त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पुगे। तर त्यहाँ मूल ढोकामा ताला लागेको थियो। खेलाडी तथा तिनका परिवारहरू, साथमा रहेका क्रिकेटका मुख्य प्रशिक्षक श्रीलंकन पुबुदु दसानायके, प्रशिक्षक विनोद दासलगायतकाहरू पनि रणभुल्लमा परे।

ताला खुलेन।

थाहा भयो नेपाल क्रिकेट संघका पदाधिकारीहरूले ताला नखोल्न आदेश दिएका रहेछन्। खेलाडी र उनका अभिभावकहरू अर्कै बाटोबाट मैदानमा छिरे। तर भित्र मैदानमा भने छिर्न पाएनन्। एनसीएका प्रशिक्षकहरूले क्यानमा सम्पर्क गरे, तर क्यानका वरिष्ठ पदाधिकारीहरूले मैदान प्रयोग गर्न कसैलाई नदिनु भनेपछि मैदानमा रहेका कामदारहरूले ताला नखोलेका रहेछ।

३ घण्टाको प्रतीक्षापछि पनि मैदानको ताला नखुलेपछि खेलाडी र अभिभावकहरू फर्के। तर प्रशिक्षकहरूले अनुरोध गरेपछि बल्ल ताला खुल्यो र दोस्रो सेसनको प्रशिक्षण भने सम्भव भयो।

एनसीएका एक प्रशिक्षक विनोद दासले भने– ‘यो हरेक हप्ता हुँदै आएको क्यानअन्तर्गतकै नियमित प्रशिक्षण हो। तर आज ताला बन्द गरियो। प्रशिक्षणमा असर पर्यो। घटना दुःख लाग्दो छ। क्रिकेटलाई यस्तो कुराले राम्रो गर्दैन।’ नेपाल क्रिकेट संघमा अहिले पदाधिकारीहरूबीच ठूलो विवाद चलिरहेको छ। क्यान अध्यक्षविरुद्ध अविश्वास प्रस्तावसमेत राखिएको छ। नेपालमा पहिलोपटक शुरु भएको एनसेल एनपीएल क्रिकेट आयोजनाको क्रममा क्यान पदाधिकारीहरूबीच स्पष्ट दुई चिरा देखिएको छ। एनपीएलको टी–२० संस्करण यही बुधबारदेखि त्रिवि मैदानमै हुन लागेकोले त्यहाँ प्रतियोगिताको व्यवस्थापक जोहरा स्पोट्स म्यानेजमेन्टले तयारी गर्न नपाउन् भनी रंगशालामा ताला लगाएको बुझिएको नेपाल समाचार पत्रमा खबर छ।