२९ आश्विन २०८३, बिहिबार

बालिकालाई सिन्दूर हाल्ने युवक फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557

सप्तरी, १५ असार । सप्तरीको पोर्ताहा–८ की १५ वर्षीया एक बालिकालाई भारदह–८ का २१ वर्षीय नारायण यादवले जबर्जस्ती सिन्दूर हालेर अमानवीय व्यवहार गरेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले आरोपितविरुद्ध आज केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

वैरवास्थित लक्ष्मीनारायण उच्च माविबाट पढेर घर फर्किरहेका बेला वैरवा गाविस–१ को बीच बाटोमा आरोपितले जबर्जस्ती तानेर गत मङ्गलबार बिहान ११ बजे सिन्दूर हालेको पीडितले आरोप लगाएकी छन् ।

इलाका प्रहरी कार्यालयले पीडितको उजुरीमाथि अनुसन्धान गरेपछि मुद्दा दर्ता गराएको जानकारी दिएको छ । आरोपित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताउनुभयो ।