२९ आश्विन २०८३, बिहिबार

खोलाले बगाएर दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

22082012218बनेपा, १७ जेठ । अबिरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर काभ्रेमा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको भीमखोरी गाविस–१ राम्रीङस्थित चिनीखोला लघु जलविद्युत् आयोजनाको विद्युत गृहमा बसिरहेका सिन्धुलीको कल्पवृक्ष–५ बस्ने १८ वर्षीय सन्चर मोक्तान र भीमखोरी–१ बस्ने ११ वर्षीय सागर लामाको मृत्यु भएको हो ।

बाढीले विद्युत्गृहसहित उनीहरुलाई बगाएको थियो ।

मोक्तानको शव माम्सीखोला र लामाको शव सिन्धुलीको नेपालथोकमा शनिवार  बिहान फेला परेको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक अश्विन गिरीले जानकारी दिनुभयो ।

गएराति भारी वर्षा भएपछि उनीहरु ढुङ्गा र माटोले बनाएको कच्ची सो लघु जलविद्युत् आयोजनाको विद्युत गृहमा बसेका थिए । सो आयोजनाबाट आठ किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो ।