२९ आश्विन २०८३, बिहिबार

जनताप्रति जवाफदेही निजामती प्रशासनमा जोड : मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । सामान्य प्रशासनमन्त्री timthumb.phpले निजामती प्रशासनलाई देश र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

नेपाल सरकारका सेवा निवृत्त विशिष्ट श्रेणीका पदाधिकारीको दोस्रो राष्ट्रिय सम्मेलनको शनिवार उद्घाटन गर्दै उहाँले सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त एवम् सर्व सुलभ बनाउन विभिन्न सुधारका कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्नुभयो ।

सार्वजनिक सेवालाई आगामी दिनमा चुस्त बनाउँदै निजामती सेवालाई सुधार गर्दै जानका लागि पुराना पुस्ताका अनुभव नयाँ पुस्तालाई जानकारी गराउने ध्येयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित सो एकदिने सम्मेलनमा नेपाल सरकारमा पूर्व मुख्य सचिव एवम् विशष्ट श्रेणीका कर्मचारीको सहभागिता रहेको छ ।

सम्मेलनमा विभिन्न चारवटा विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

मन्त्री पण्डितले पारदर्शी र सुशासनको प्रत्याभूति गर्न निजामती प्रशासनले आफ्ना आचरण र व्यवहारमा थप सुधारको जरुरी छ भन्नुभयो ।

मुख्य सचिव लीलामणि पौड्यालले सार्वजनिक प्रशासनलाई अझ जनमुखी बनाउन सरकारका विभिन्न आठवटा कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक वडापत्रको सुरुवात गरिएको, यसलाई क्रमशः सबै मन्त्रालयमा लागू गरिने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अटोमेसन प्रणालीद्वारा कार्य सम्पादन भएको, यसलाई पनि क्रमशः सबै मन्त्रालयमा लागू गरिने,  विकास निर्माणका कामका बारेमा ६१ जिल्लामा सचिवले अनुगमन गरेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले सार्वजानिक सेवा प्रवाहलाई आगामी दिनमा थप नतिजामुखी बनाउन कार्य सम्पादन करारको अवधारणा लागू भएको, निजामतीका सबै कर्मचारीलाई तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो ।