२९ आश्विन २०८३, बिहिबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????सुर्खेत, १७ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सम्पूर्ण कार्यालयमा तालाबन्दी गरिएको छ ।

विश्वविद्यालयको शिक्षा विज्ञान सङ्कायअन्तर्गत स्कुल अफ प्याडागोजिकल एजुकेसन एन्ड फ्रिडमका प्राज्ञिक निर्देशक लक्ष्मीप्रसाद आचार्यलाई उपकुलपतिले बर्खास्त गरेपछि प्राध्यापकहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित डिन तथा प्राज्ञिक निर्देशकको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गत चैत १९ गते विश्वविद्यालयका उपकुलपति पदमलाल देवकोटाले नियुक्त गरेका प्राज्ञिक निर्देशक आचार्यलाई यही जेठ १५ गते बर्खास्त गरिएको हो । काज नल्याएको भन्दै आचार्यलाई हटाइएको बर्खास्तपत्रमा उल्लेख गरिएको छ तर विश्वविद्यालयको ऐनमा काज ल्याउनुपर्ने बारे कुनै पनि ठाउँमा उल्लेख गरिएको छैन ।

विश्वविद्यालयले आचार्यलाई गैरकानुनी रुपमा बिनाकारण बर्खास्त गरेको भन्दै विश्वविद्यालयको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन आन्दोलनमा उत्रिएको छ । सङ्गठनले उपकुलपतिले गैरकानुनी रुपमा गरेको निर्णय मान्य नहुने भन्दै उक्त निर्णय तुरुन्त सच्याउन माग गरेको छ ।

यस्तै, विद्यार्थीहरुले पनि उक्त निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् । प्राज्ञिक निर्देशक आचार्यलाई बिनाकारण गैरकानुनी रुपमा बर्खास्त गरिएको भन्दै विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी सरोकार समितिले विज्ञप्ति निकाली विगतदेखि नै विश्वविद्यालयका पदाधिकारीले गलत कार्य गर्दै आएको भन्दै निर्णय सच्याउन आग्रह गरेको छ ।

यता बर्खास्तमा पर्नुभएका आचार्यले नियुक्त भएको दुई महिना नपुग्दै आफूलाई हटाइएको भन्दै आफ्नो जिन्दगीप्रति खेलबाड गरिएको बताउनुभएको छ ।

आचार्य यसअघि दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा सहायक क्याम्पसप्रमुख हुनुहुन्थ्यो ।