२९ आश्विन २०८३, बिहिबार

एमालेमा ओलीको बिकल्प छैन : नेतृ भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biddhayaकाठमाडौँ, १७ जेठ । नेकपा (एमाले)कोे नवौँ महाधिवेशनमा सहमतिका साथ नेतृत्व हस्तान्तरण हुनुपर्नेमा सो पार्टीको धौलागिरि अञ्चलस्तरीय भेलाले निष्कर्ष निकालेको छ ।

भेलाले पार्टीको अध्यक्षमा नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनुपर्ने आवाज उठाएको छ । ‘जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास गरौँ, समृद्ध स्वाधीन र समतामूलक नेपालको निर्माण गरौँ’ भन्ने अभियानका साथ गरिएको सो भेलामा पार्टीलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिइयो ।

भेलामा पार्टीका उपाध्यक्ष ले पार्टीको नीतिअनुसारको नेतृत्वका लागि देशव्यापी रुपमा अब नेता ओलीको नेतृत्व आवश्यक भएको आवाज उठेको दाबी गर्नुभयो ।

पार्टी सचिव शङ्कर पोखरेलले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमा सहमति भएकाले त्यसलाई परिस्कार गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीका पोटिलब्युरो सदस्य थममाया थापाको अध्यक्षतामा सो भेला सम्पन्न भएको थियो ।