काठमाडौं, १७ जेठ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
बैठकमा कार्यविभाजनबारे छलफल हुने नेताहरूले बताएका छन् । गएको मंलबारदेखि सुरु भएको बैठक आजका लागि स्थगित भएको थियो । निर्वाचन प्रणालीबाट केन्द्रीय पदाधिकारी चयन गरेपछि केन्द्रीय समितिको बैठक बसेको हो । निर्वाचन प्रक्रिया बहिष्कार गरेको डा. बाबुराम भट्टराई पक्षका नेताहरूले भने केन्द्रीय समितिबाहेक अरू पदमा आफूहरू नबस्ने बताएका छन् । केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।
















प्रतिक्रिया