२९ आश्विन २०८३, बिहिबार

बसमा अवैध काठ तस्करी, चालक प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ilam_district-Map

इलाम, १७ जेठ । यात्रुबाहक बसमा काठ ओसार्दै गरेको अवस्थामा बसका चालक पक्राउ परेका छन् ।

इलामको दानाबारीबाट झापाको विर्तामोडतर्फ जाँदै गरेको मे१ख १४९४ नम्बरको बसमा लुकाइछिपाइ राखिएको शून्य दशमलव ६८ क्युविक फिट काठसहित बस चालक गणेश रम्तेललाई शनिबार नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल दानाबारी बेसक्याम्पले जाँचको क्रममा बसमा अवैध काठ फेला पारेपछि चालक रम्तेलसहित बस नियन्त्रणमा लिई इलाका वन कार्यालयमा बुझाइएको सहायक वन अधिकृत सूर्यनारायण चौधरीले जानकारी दिनुभयो ।