इलाम, १६ जेठ । दुई दिनदेखि इन्टरनेट सेवा अवरूद्ध इन्टरनेट सेवा अवरूद्ध भएको छ ।
बिहीबार बिहानैदेखि पिएसटिन, ल्यान्डलाइन तथा मोबाइल सेवा अवरूद्ध भएपछि इन्टरनेट सेवासमेत अवरूद्ध बनेको हो ।
टेलिकमको टावरमा जोडिएको आइडिओ नामक उपकरण जलेर काम नलाग्ने भएपछि फोन सेवा अवरूद्ध बनेको टेलिकम इलामका निमित्त प्रमुख राजेश सापकोटाले जानकारी दिनुभयो ।
अवरूद्ध फोन सेवा गए राति ११ बजे पुनःसञ्चालन गरिए पनि इन्टरनेट सेवा भने सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।
एडिएसएलको पोर्टमा खराबी आएपछि सेवा अवरूद्ध भएको हुन सक्ने टेलिकमले जनाएको छ । सेवा अवरूद्ध भएपछि करिब ४०० भन्दा बढी ग्राहक मर्कामा परेको टेलिकमले जनाएको छ ।













प्रतिक्रिया