२९ आश्विन २०८३, बिहिबार

बजेटमा कांग्रेसले एकलौटी गर्न खोज्यो –एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ १६ जेठ । UML1संसदीय दलले दलका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई दलको बैठकमा अनिवार्य सहभागी हुन निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा शुक्रवार  बसेको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्न लागिएको बजेटमा न्यायोचित वितरण गर्न मागसमेत गरेको छ ।

बैठकका बारेमा थप जानकारी दिँदै सांसद भीम रावलले भन्नुभयो “सरकारले ल्याउन लागेको बजेट तथा कार्यक्रमका बारेमा बैठकमा व्यापक चासो प्रकट गरियो, बजेट तथा कार्यक्रम न्यायोचित हुुनुपर्छ भन्ने दलको भनाइ छ ।”

दलको अर्काे बैठक शुत्रवारै बस्ने छ । बैठकमा सरकारका आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको सांसद सिद्धिलाल सिंहले जानकारी दिनुभयो ।