२९ आश्विन २०८३, बिहिबार

सबै दलका सुझाव र भावना समेटेर सरकार अघि बढ्दैछ : सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singhचितवन, १६ जेठ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान लेखन प्रक्रिया कार्यतालिकाअनुरुप अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले शुत्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय विकासमन्त्री सिंहले संविधानसभाभन्दा बाहिर रहेका दलको सुझावलाई पनि समेट्दै निर्धारित कार्यतालिकाअनुरुप संविधान लेखन प्रक्रिया अघि बढिरहेकाले आगामी माघ ८ गते नै संविधान जारी हुने बताउनुभयो ।

काँग्रेस महामन्त्रीसमेत रहनुभएको सिंहले पार्टीका सभापति सुशील कोइरालाले नेतृत्व गरेको सरकार भए पनि सबै दलका सुझाव र भावनालाई समेटेर अघि बढेकाले एमालेले असन्तुष्टि जनाउनुपर्ने कारण नभएको स्पष्ट पार्नुभयो ।

उहाँले २६ सभासद् मनोनयन तथा राजनीतिक नियुक्तिदेखि सरकार सञ्चालनका हरेक काममा एमालेसँग छलफल भइरहेको र त्यसैअनुरुप अघि बढिरहेको बताउँदै सरकारले सर्वोच्च अदालतसमक्ष अन्तरिम आदेश पुनरवलोकनका लागि निवदेन दिएकाले त्यसैलाई पर्खिरहेको स्पष्ट पार्नुभयो ।
संसद भवन