३० आश्विन २०८३, शुक्रबार

व्यवस्थापिका–संसद्को अधिवेशन आजदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bicc

काठमाडौँ, १६ जेठ । व्यवस्थापिका–संसद्को बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो एक बजेका लागि अधिवेशन बोलाइएको छ ।

भोलिका लागि खासै कार्यसूची तयार नभएको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । प्रवक्ता शर्माका अनुसार अर्थमन्त्री डा. रामशरण महतले बजेटका विषयमा छलफलका लागि केही कार्यसूची प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्रपति डा. रामवरण यादवले यही जेठ २ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।

अन्तरिम संविधान २०६३ अनुसार प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।