काठमाडौ । सहिद तथा घाइते परिवारले आफूसँग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
सहिद परिवारले राज्यका हरेक संरचनामा सहिद तथा घाइते परिवारको समान सहभागिता हुनुपर्ने, राष्ट्रियताको आन्दोलनका क्रममा भारतमा करिब दुई वर्षअघि अङ्ग्रेजद्वारा मारिएका बाङ्गे सार्कीलाई प्रथम सहिद घोषणा गर्नुपर्ने र सहिद परिवारको बेरोजगारी, स्वास्थ्य र शिक्षालगायत समस्या समाधान गर्नुपर्ने माग गर्दै आज बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकै धर्ना दिएका छन् ।
सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्र कमिटीको अगुवाइमा सुरु गरिएको सो धर्ना बिहान १० देखि ११ सम्म सञ्चालन भएको थियो । समन्वय कमिटीले सर्वस्वहरण भएका सहिद परिवार, घाइते योद्धा तथा अतिविपन्न राज्यपीडितलाई तत्काल बसोबासको व्यवस्था गरिनुपर्ने, संविधानसभामा मनोनयन हुने २६ स्थानमा सहिद परिवारको प्रतिनिधित्व हुनुपर्नेमा समेत जोड दिएको छ ।
समन्वय समितिका अध्यक्ष जेबी धौलाकोटीले मुलुकमा गणतन्त्र आए पनि वास्तवमा सहिद तथा घाइते परिवारलाई त्यसको महसुस हुन सकेको छैन भन्नुभयो । द्वन्द्वपीडित जेबी भुसालले वास्तविक अर्थमा गणतन्त्रलाई संस्थागत गर्न सकियो भने मात्र आफूहरु जस्ता पीडितले न्याय पाउने बताउनुभयो ।













प्रतिक्रिया